निर्मला हत्या प्रकरणः बाहिरीयो नयाँ रहस्य ! यस्तो छ पोस्टमार्टम रिपोर्ट

“
काठमाडौँ, असोज ५ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको दुई महिना बितिसक्दा पनि दोषीको पहिचान अझै हुन सकेको छैन ।
अनुसन्धानको दायरा बढाएपनि नतिजा शुन्यमै छ । घटनामा ठूलाबडाकै हात छ भनेर संसददेखि बजार तातिसक्दा पनि सरकार मौन छ । एक नयाँ तथ्य फेला परेसँगै घटना झन् झन् रहस्यमय बन्दै गएको छ । जताततै निर्मलाकै चर्चा सुनिनुका साथै उनकै न्यायका लागि बालबालिका देखि विभिन्न राजनीतिक दल र संघ संस्थाहरु सडकमा उत्रिएका छन् ।
प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ ।
निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ भने सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ । रिपोर्ट अनुसार १० साउनमा साँझ करिब ५ बजेतिर उनको हत्या भएको देखिन्छ ।
बालत्कारपछि आफ्नो पहिचना खुल्ने डरले बलात्कारीले घँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । पोस्टमार्टमा रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिँदैन ।
त्यस्तै, घटनास्थलबाट नजिकै सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रुपमा अनुसन्धान केन्द्रित गरिएको छ । तर, पचात्रार भने भइनसकेको प्रहरी स्रोत बताउँछन् ।
“








