आर्सनलको सहज जित, पोल्टभा ४–२ ले पराजित
२०७४ जेठ १५ गते

“
एजेन्सी, असोज ५ । इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा युक्रेनको भोर्सक्ला पोल्टभालाई ४–२ गोलअन्तरले पराजित गरेको छ । बिहीबार राति भएको समूह र्इको खेलमा आर्सनलले सहज जित हात पारेको हो ।
३२ औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० गोलले अघि रहेको आर्सनलले दोस्रो हाफमा ३ गोल गर्दा भोर्सक्ला पोल्टभाले २ गोल फर्काउन सफल भयो ।
ड्यानी वेल्बेकले ४८औं मिनेटमा गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, आबुमियाङले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ३–० गोलको अग्रतामा पुर्याए । ७४ औ मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई ४–० गोलको अग्रता दिलाएका थिए ।
यसपछि आर्सनलले २ गोल खान पुग्यो । ७६ औं मिनेटमा पोल्टभाका चेस्नाभोले गोल गर्दै ४–१ गोलको स्थितिमा पुर्याएका थिए । इन्जुरी समयमा भिएचास्लाभ सार्परले गोल गर्दै पोल्टभालाई ४–२ गोलको स्थितिमा पुर्याए पनि आर्सनललाई रोक्न भने सकेनन् ।
बिहीबार राति नै यसै समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले अजरबैजानको क्वाराबागलाई २–० गोलले पराजित गरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








