किन घटायो मितेरी मितेरी डेभलपमेन्ट बैंकले वोनस ?

असोज ४, काठमाडौं । धरान मूख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले यसपालि बोनस घटाएको छ ।

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट यो पटक लगानीकर्तालाई १७ प्रतिशत मात्र बोनस सेयर दिने घोषणा गरेको हो ।
यो पटक १७ प्रतिशत बोनस सेयरको साथमा ०.८९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरिएको छ ।

असोज ४ गते बिहान बसेको बैंक सञ्चालक समितिको १७५ औं बोर्ड बैठकले घटाएर बोनस घोषणा गरेको हो । गत वर्ष नाफामा अघिल्लो वर्षको तुलनामा गिरावट आएकोले समेत कम्पनीको बोनस दर घटेको बताइएको छ ।

कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, ८४ लाख ७३ हजार ६ सय ८४ रुपैयाँ बराबर कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्नेछ ।

संचालक समितिको यो निर्णय नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =