मोक ट्रेडिङ्ग हैन मुख ट्रेडिङ्ग नै ठीक !

“
असोज ४, काठमाडौं । पूर्ण स्वचालित अनलाइन प्रणालीका रुपमा नेप्सेको मोक ट्रेडिगंमा नेप्सेलाई पहिलो गाँसमै ढुंगा लागेको छ । नेप्सेले हचुवाका भरमा ल्याएको मोक टेष्टिङ्गमा लगानीकर्ताहरुको अनलाइन प्रतिको उत्साहमा एकाएक तुषारापात भएको लगानी कर्ताहरुको भनाई छ ।
मकालुखबर लगानीकर्ताहरुको मोक ट्रेडिङ्ग प्रतिको उत्साह बुझ्न ब्रोकर हाउससम्म पुग्दा लगानीकर्ताहरुले गललल हाँस्दै भने, ‘मोक ट्रेडिङ्ग भन्दा हामीलाई मुख ट्रेडिगं नै ठीक छ ।’
लगानीकर्ताको यस्तो प्रतिक्रियाले नेप्सेले सञ्चालनमा ल्याएको यो टेष्टिगंमा लगानीकर्ताहरुलाई यस सम्बन्धी तालिम, जानकारी र सूचना प्रवाहमा नेप्से गम्भीर नभएको देखिन्छ ।
नेप्सेले मोक कसरी गर्ने विषयमा सेयर लगानीकर्ताहरुलाई जानकार गराउन नसक्नु र अध्ययनबिना नै मोकले लगानीकर्ताहरुको साथ नपाउनु पनि लापरवाहीको पराकाष्ठा रहेको जानकारहरु बताउँछन् ।
केही ब्रोकर र पत्रकारका बीचमा मात्र मोकका विषयमा गत मंगलबार स्टक कार्यालयमा थोरै जानकारी दिएको तर मोकबाट कसरी कारोबार हुन्छ, कसरी चलाउने भन्ने विषयमा जानकारी नगराइएको कारणले पनि यसले त्यत्ति सफलता पाउन र लगानीकर्ताहरुका चर्का आलोचना सामाजिक सञ्जालमा पोखिएको अभिव्यक्तिहरु बाट प्रष्ट हुन्छ ।
“








