प्रतिनिधिसभाका विषयगत समितिका सभापति निर्विरोध

काठमाडौँ, असोज ६ । प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिको सभापतिमा निर्विरोध चयन भएका छन् । नियमावली अनुसार समितिका सभापतिमा एक–एक जनाको मात्र मनोनयन परेपछि सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् ।

प्रतिनिधिसभाका १० विषयगत समिति अन्तर्गत अर्थ समितिमा कृष्णप्रसाद दाहाल, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हितमा विमल श्रीवास्तव, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल निर्विरोध भएका हुन् भने अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, विकास तथा प्रविधिमा कल्याणी खड्का, राज्य व्यवस्था तथा सुशासनमा शशी श्रेष्ठ, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिमा भरतकुमार साह निर्विरोध चयन भएका हुन् ।

मनोनयनमा परेकाहरु निर्वाचित भएको औपचारिक घोषणा भने शुक्रबार हुनेछ ।

दश विषयगत समितिमध्ये ८ समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद मनोनयनमा परेका छन् भने दुई समितिमा संघीय समाजवादी फोरम र प्रमुख विपक्षी दल नेपाली कांग्रेस मनोनयनमा परेका छन् । काँग्रेसले लेखा समितिको नेतृत्व गर्ने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =