विद्यालय कर्मचारीद्वारा सरकारको चर्को विरोध, अत्याचार भएको भन्दै घेरे बालुवाटार

काठमाडौँ, असोज ४ । विगत ५ दिनदेखि राजधानी केन्द्रित आन्दोलन चर्काइरहेका विद्यालय कर्मचारीहरुले बिहिबार प्रधानमन्त्री कार्यालय बालुवाटार घेराऊ गरेका छन् ।

विभिन्न जिल्लाबाट राजधानी आएका विद्यालय कर्मचारीहरुले केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै निरंकुश, अत्याचारी र राणा शासन तथा पञ्चायत भन्दा पनि निर्लज्ज र अटेरी भएको भन्दै विरोध गरेका हुन् ।

सर्वोच्च अदालतको तत्कालीन फैसला service law कार्यान्वन गर्नुपर्ने, शिक्षा ऐन आठौँ संशोधनलाई कार्यान्वन गर्नुपर्ने र संघीय शिक्षा ऐन मा विद्यालय कर्मचारीका मुद्दालाई समेट्नुपर्ने विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिका सहसंयोजक रतन सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =