अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सर्वसम्मत अनुमोदन

काठमाडौँ, असोज ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरिएको छ ।

संसदीय सुनुवाई विशेष समितिको आज बसेको बैठकले प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको हो ।

घिमिरेमाथि कुनै पनि उजुरी परेको थिएन। यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उनीविरुद्ध उजुरी थिएनन्।

संवैधानिक परिषदले २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 6 =