नायिका नम्रता श्रेष्ठकाे प्रसादकाे लिरिकल अायाे (भिडियाे सहित)

असाेज ४, काठमाडाैं । नायिका नम्रता श्रेष्ठकाे चलचित्र प्रसादको ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो सहित फस्टलुक सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक भएको उक्त भिडियोमा चलचित्रका दृश्यहरु समेटिएका छन् । दृश्यमा नायिका नम्रतासँगै मुख्य कलाकार विपिन कार्की र निश्चल बस्नेत समेत देखिएका छन् ।
नि:सन्तान दम्पतिबीचको माया र सम्बन्धको कथा बोल्ने प्रसादमा विपिन र नम्रताले दम्पतिको भुमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ ।

केतन क्षेत्रीले गाएको ‘लै लै’ बोलको उक्त गीत गणेश शाहीले लेखेका हुन् भने संगीत सुवाष भुषालले दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् । प्रसाद मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा अाउने तयारीमा छ ।

सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । चलचित्रमा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुराउन सक्छ भन्ने देखाउन खोजिएको बताइएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =