यसरी हटाउन सकिन्छ गर्दनको कालो दाग

काठमाडौँ, असोज ४ । मानिसहरु अनुहार सफा राख्नमा बढी ध्यान दिन्छन् । गर्दनमा प्राय खासै वास्ता गरिँदैन । त्यसैले पनि गर्दनमा कालो दाग तथा कस बस्ने गर्छ ।

यसलाई हटाउनका लागि हामीले घरेलु उपाय अपनाउन सक्छौँ । कागतीमा गुलाबजल मिसाएर दैनिक गर्दनमा प्रयोग गर्ने हो भने यसको असर १० दिनदेखि देखिन थाल्छ ।

यसरी प्रयोग गर्नुस्ः

एउटा फ्रेस कागतीको रस निकालेर गुलाबजलसँग मिसाउनुहोस् । त्यसलाई गर्दनमा लगाउनुहोस् । बिहान उठेर धुनुहोस् । त्यसपछि कालो गर्दन गोरो हुन थाल्नेछ ।

तपाईले बेसार र कागतीको रस प्रयोगमार्फत पनि गर्दनको कालो हटाउन सक्नुहुनेछ । यी दुई चीज मिसाएर करिब १०–१५ मिनेट गर्दनमा दल्नुहोस् । अनि हल्का मनतातो मानीले धुनुहोस् । तपार्इँको स्किनमा ग्लो आउन थाल्नेछ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =