प्रहरी मार्फत मदिरा नष्ट

लहान, असोज ४ । सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा बढी लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक हजार ६९९ लिटर तयारी घरेलु मदिरा तथा एक हजार ७०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट पारेको हो ।

जिल्लामा शुरु गरिएको घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत भदौ महिनाभरिमा उक्त परिणाममा मदिरा नष्ट पार्नुका साथै मदिरा उत्पादनका लागि प्रयोग गरिएका १३ थान भाँडाकुँडासमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज रिमालले जानकारी दिए ।

यस्तै सिरहा प्रहरीले विगत एक महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट डाइलेक्स डिसी आठ बोतल, नाइट्रोजन ट्याब्लेट १९ चक्की, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट र गाँजा एक चिलिम बरामद भएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =