जलेश्वर कारागारका एक बन्दीको मृत्यु

गौशाला, असोज ४ । महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई वि. सं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताए ।

हिजो बेलुका एपेन्डिसाइट्सका कारण पेट बेस्सरी दुखेपछि उनलाई जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकामा राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

महोत्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाअन्तर्गत २०७४ साउन १६ गते उनलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएकोमा उनी सोही बेलादेखि बन्दी जीवन बिताउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =