१० वर्ष जेल सजाय तोकिएका पूर्वप्रधानमन्त्रीलाई दुई महिनामै रिहा गर्न आदेश

एजेन्सी, असोज ४ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई छोड्न अदालतले आदेश दिएको छ। दश वर्ष जेल सजाय तोकिएका सरिफलाई दुई महिनापछि अदालतले छोड्न आदेश दिएको हो।

गत जुलाई महिनामा पूर्वप्रधानमन्त्री सरिफ र उनीकी छोरीलाई १० वर्ष जेल सजाय तोकिएको थियो। तर उनीहरुले आफूहरुलाई लगाइएका आरोप झुटा भएको बताउँदै आएका थिए।

गत साता सरिफकी पत्नीको मृत्य भएपछि उनको अन्त्येष्टिका लागि थुनामुक्त गरिएको थियो।  अवैधानिक रुपमा विदेशमा सम्पत्ति लगेको आरोपमा सरिफ र उनीकी छोरीलाई गत जुलाई महिनामा १० वर्षे जेल सजाय तोकिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =