घरेलुमैदानमा रियल मड्रिडको सानदार जित, रोमाविरुद्ध बेल, इस्को र मारियानोको गोल
२०७४ जेठ १५ गते

“
एजेन्सी, असोज ४ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत बिहान सकिएको खेलमा मड्रिडले रोमामाथि ३–० को जित निकालेको हो ।
रियलको जितमा इस्को, ग्यारेथ बेल र मारियानोले गोल गरे । घरेलु मैदान सान्टियागो बर्नाबेउमा पहिलो हाफको अन्तिमतिर रियल मड्रिडले इस्कोको गोलबाट अग्रता बनाएको थियो ।
दोस्रो हाफमा फरक रणनीतिसहित मैदान उत्रिएको रियलका लागि ग्यारेथ वेलले ५८औं मिनेटमा गोल गरे । ग्यारेथको गोलपछि अग्रता दोब्बर बनाएको रियलका लागि खेलको इन्जुरी समयमा मारियानोले उत्कृष्ट गोल ।
मारियानोको गोलसँगै रियल मड्रिडले समुह जी अन्तर्गतको पहिलो खेलमा रोमाविरुद्ध ३ –० को जित निकालेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








