संविधान दिवसमा संविधान संशोधन गर्न माग

“
असोज ३, धरान । राज्यले संविधान दिवस मनाई रहँदा आदिवासी जनजातिहरुले भने संविधान संशोधनको माग गरेका छन् । आदिवासी जनजाति सरोकार समाज, नेपालले धरानमा आयोजना गरेको नेपालको संविधान र आदिवासी जनजाति विषयक गोष्ठिमा वक्ताहरुले संविधान संशोधनको माग गरेको हो ।
उनीहरुले वर्तमान संविधानमा आदिवासी जनजातिको विरोधी धारा, विभेद गरिएको धारा र अधिकारवाट वञ्चित गरिएको धाराहरु रहेको भन्दै संशोधनको माग गरेका हुन् । राजनैतिक दलहरुले संशोधन गर्ने प्रतिवद्धता कार्यान्वयन नगरेकोप्रति पनि वक्ताहरुले आक्रोस व्यक्त गरेका छन् ।
समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङको अध्यक्षता र आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुरर्निप) को सुनसरी प्रतिनिधि गोपाल देवानको सहजीकरणमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजपुरिया, प्रदेश नं. १ का अध्यक्ष ध्रुव सुब्बा, संघीय परिषद सदस्यहरु जिमी याक्खा, सुनसरी जिल्ला उपाध्यक्ष गेल्वु शेर्पा, धरान उपमहानगर अध्यक्ष सुवासचन्द्र हुक्पाचोङवाङ, किरांत राई यायोक्खाका सुनसरी अध्यक्ष कमला राई, समाजका उपाध्यक्ष एवम् राष्ट्रिय आदिवासी जनजति महिला महासंघ सुनसरीका अध्यक्ष संगिता सुब्बा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका पूर्व सुनसरी अध्यक्ष मिना पुलामी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सुनसरी महासंघका पूर्व अध्यक्षद्धय ङावा लप्टु शेर्पा, खम्वासिंह गुरुङ, उपाध्यक्ष सर्णिमहाङ फोम्वो, पूर्व कोषाध्यक्ष मिलिराम चौधरी, ताजपुरिया समाज कल्याण परिषदका केन्द्रिय कोषाध्यक्ष धर्मनारायण ताजपुरिया, किरांत याक्थुङ चुम्लुङका केन्द्रिय सल्लाहकार हेमलाल लिम्वुको उपस्थिति रहेको थियो ।
यसैगरी तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य कर्ण तमु, किरांत याक्खा छुम्माका सुनसरी अध्यक्ष रेवती याक्खा, सिङ्सा भोटिया समाज सुनसरीका अध्यक्ष निमा पोङ्सुवा, नेपाल तामाङ घेदुङका सुनसरी सचिव मंगलसिंह मोक्तान, महिला सञ्जाल धरानका अध्यक्ष सविता चाम्लिङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुनसरीका पूर्व अध्यक्ष कल्पना शेर्पा, पूर्व धरान नगर अध्यक्ष रमला तामाङ प्रा. प्रविन राई, प्रा. बद्री बम्जन लगायतको उपस्थिति रहेको थियो ।
“








