नारायणगढमा देशभरिका लाखे जम्मा (फोटो फिचर)

असाेज ३, नारायणगढ । देशभरिका लाखेहरु प्रतियोगिता जित्नको लागि नारायणगढमा भेला भएका छन् । ४० वटा लाखे नाचका समूहरुले भरतपुर १ को पोखरा बसपार्कमा आफ्नो प्रस्तुति दिने छन् ।

संस्कृति संरक्षण गर्न लोक संस्कृति सरंक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले गरेको छैटौँ लाखे नाच प्रतियोगितामा भाग लिन देशभरिका कलाकार लाखे नाच देखाउन भेला भएका हुन् । प्रतिष्ठानले २०६४ सालबाट नेवार समुदायको संस्कृति संरक्षणको लागि लाखे नाच प्रतियोगिता गर्दै आएको छ ।

यस वर्षको लाखे नाच प्रतियोगिताको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीले गरेका थिए । लाखे नाच प्रतियोगितामा भोजपुर, जाजरकोट, नुवाकोट, काठमाडौँलगायतबाट लाखे नाचमा भाग लिएका प्रतिष्ठानका अध्यक्ष निर्जनलाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 12 =