माइतीघरमा फहराइयो १०० मिटर अग्लो राष्ट्रिय झण्डा

काठमाडौँ, असोज ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसीएलले संविधान दिवसका अवसरमा माइतीघर मण्डलामा राष्ट्रिय झण्डा फहराएकाे छ ।

यसअघि शहिद दिवसका अवसरमा माइतीघर मण्डलामा तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फहराएको झण्डा च्यातिएपछि युवा संघ नेपाल र वाइसीएलले आज १०० मिटर अग्लो पोलमा नयाँ झण्डा फहराएका हुन् ।

उक्त झण्डाको तौल तीन सय टन तौलको रहेको जनाइएको छ ।

पुरण गिरी र हरिश गौतमले व्यवस्थापन गरेको राष्ट्रिय झण्डा युृवा संघ अध्यक्ष रमेश पौडेल र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले संयक्त रुपमा फहराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =