च्याम्पियन्स लिगमा टोटनह्यामको अग्रता तोड्दै इन्टरमिलानको विजय सुरुवात
२०७४ जेठ १५ गते

“
एजेन्सी, असोज ३ । च्याम्पियन्स लिगमा टोटनह्याम होट्सपुरलाई इन्टर मिलानले पराजित गरेको छ । इन्टरमिलानले टोटनह्याममाथि २—१ गोलको संघर्षपूर्ण जित निकालेको हो ।
पहिलो हाफ गोलरहित खेलेका इन्टर र टोटनह्यामबीचकोे खेलमा खेलको ५३ औं मिनेटमा टोटनह्यामले गोल गर्दै अग्रता बढाएको थियो । क्रिष्टियन इरिकसनले गोल गरेका हुन् ।
खेलमा आधा घण्टाजति टोटनह्यामले अग्रता कायम राखे पनि खेलको ८५ औं मिनेटमा इन्टरका माउरो इकार्डीले टोटेनहामविरुद्ध गोल फर्काएपछि १—१ को बराबरी भएको थियो ।
इन्टरको जितका लागि निर्णायक गोल भने खेलको अन्तिम समयमा अर्थात् थप गरिएको समय ९२ औं मिनेटमा इन्टरका मातियस भेसिनोले उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








