मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपालीसहित ७ जनाको मृत्यु, १६ जना बिरामी

“एजेन्सी– मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपाली सहित ७ जनाको ज्यान गएको छ ।

सेलांगर पुलिस प्रमुखले पीडितहरू मध्ये चार जना नेपाली, एक मलेसिया, एक भारतीय र एक जना बंगलादेशी नागरिकको ज्यान गएको बताएका छन् ।

१३ नेपाली, दुई बंगलादेशी र एक जना मलेसियन नागरिकसहित १६ जना गम्भीर बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै घटनाको अनुसन्धान भैरहेको प्रहरीलाई उदृत गर्दै द स्टार अनलाइनले जनाएको छ । घटनाको वास्तविकता पत्ता लगाउन मृतकको पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको प्रहरीले जनाएको छ ।

सरुवा बुल्हो अस्पताल, कुआलालम्पुर अस्पताल, ब्यान्टिंग अस्पताल, क्लङ्ग अस्पताल र अम्पांग अस्पतालमा बिरामीको उपचार भैरहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =