डा.सुनिल शर्माद्वारा विपन्न विद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक प्रदान (भिडियो रिपोर्ट)

“
विराटनगर, असोज २ । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक प्रदान गरेका छन् ।
कानेपोखरी–७ आईतबारेको जनकल्याण माध्यमिक विद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत विद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना विपन्न विद्यार्थीलाई करिव १ लाख मुल्य वरावरको सामाग्री प्रदान गरेका हुन् ।
प्रत्येक विद्यार्थीलाई आधा दर्जन कलम, आधा दर्जन कपी र बिद्यालय पोशाक प्रदान गरिएको छ । जनकल्याणका सिसु कक्षादेखि कक्षा १० सम्मका विपन्न विद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।
शान्तिदेवीमा १ शिक्षिका र ९ जना विद्यार्थी छन् । सो विद्यालयका सबै विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय पोशाकका साथै शिक्षिकालाई समेत पोशाक प्रदान गरिएको छ । त्यस्तैगरी डा.शर्माले विद्यालयलाई प्राथमिक उपचार सामाग्री पनि हस्तान्तरण गरे ।
सामाग्री हस्तान्तरणपछि बोल्दै डा.शर्माले विपन्न विद्यार्थीहरुलाई पढाईका क्रममा थोरै भएपनि राहत पुर्याउन सहयोग गरेको बताएका छन् । गरिवीका कारण कष्टपूर्ण तरिकाले बाल्यकाल विताएका डा.शर्माले सानो छदाको दुख कष्ट पनि यसरी स्मरण गरे ।
हेर्नुहोस् भिडियो रिपोर्ट
https://www.youtube.com/watch?v=PofrsnjZct8&feature=youtu.be”








