२ महिनामा १ सय २० अर्ब राजश्व संकलन

काठमाडौँ, असोज २ । अर्थमन्त्री युवराज खतिवडाले २ महिनामा १ सय २० अर्ब राजश्व संकलन भएको बताएका छन् ।

अर्थमन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको २ महिना अर्थात् साउन १ देखि भदौ मशान्तसम्मको अवधिमा १ सय २० अर्ब राजश्व संकलन भएको बताएका हुन् ।

भदौ मसान्तसम्मको अवधिमा १ खर्ब ३ अर्ब बजेट खर्च भएको जसअन्तर्गत ९६ अर्ब चालू र ६ अर्ब पूँजीगत खर्च रहेको खतिवडाले जानकारी दिए । मुलुक आयात प्रतिस्थापन र क्षमता बढाउन अघि बढिरहेको बताए ।

साउन १ देखि भदौ मसान्तसम्म दोहोरो तेहोरो करको भार बढेको असन्तुष्टिलाई मिलाईएको अर्थमन्त्री खतिवडाको भनाइ छ । अर्थमन्त्रीले करका क्षेत्र विस्तार गर्दै लगिने, छोटी भन्सारलाई अपडेट, भन्सारविन्दू स्तरोन्नति गरिने, डिपार्टमेन्ट स्टोर र राजश्वसँग सिधै सम्पर्क कायम गरी पारदर्शिता अभिवृद्धि लगायतका योजना रहेको जानकारी दिए ।

दोहोरो कर मुक्तिका लागि बंगलादेश, बेलायतसँग प्रक्रिया अगाडि बढेको पनि खतिवडाले बताए । सूचना प्रविधिको प्रयोग गरी राजश्व संकलनलाई तीव्रता दिइएको अर्थमन्त्री खतिवडाले बताए ।

६ सय ५६ स्थानीय तहमा बैंक शाखा पुगेको र बाँकी ९७ वटा तहमा पुग्न बाँकी रहेकामा अभौतिक उपस्थितिबाट भएपनि मौसमी प्रतिकुलता सँग जुध्दै बैंकिङ्ग पहुँच पुर्याइने उनको भनाइ छ ।

भन्सार कार्यालयको उपस्थितिलाई विस्तारै सबै स्थानीय तहमा पुर्याउने योजना सहित काम भइरहेको उनले भने । धितोपत्र बजारमा अनलाइन परीक्षण भइरहेको र छिट्टै बोनस र हकप्रदको आधार मूल्यमा लाग्ने कर विवाद १ महिनाभित्र सरोकारवाला निकायसँग छलफल गरेपश्चात टुंग्याउने खतिवडाले जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =