निर्मला हत्या प्रकरणः एसपी दुर्गा सिंहलाई पनि कञ्चनपुर खटाइयो

काठमाडौं, असोज २ । प्रहरी प्रधान कार्यालयले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्त बलात्कार र हत्या घटनाको अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंहलाई पनि कञ्चनपुर खटाएको छ ।

मंगलबार बिहान एसपी सिंह कञ्चनपुरतर्फ लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न नसकेपछि पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुसन्धान प्रभावकारी बनाउन एसपी सिंहलाई पनि कञ्चनपुर खटाइएको हो ।

निर्मलाको न्यायका लागि उनका बुवाआमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु घर फर्किइसकेका छन्।

प्रधानमन्त्रीसमक्ष न्यायको अपिल गरी उनीहरु फर्केका हुन् । प्रधानमन्त्रीले पनि यस विषयलाई गहन रुपमा लिएको भन्दै उनले छिट्टै कानूनको कठघरामा उभ्याइने आश्वासन दिएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =