किशोरावस्थामा डाइटिङ गर्नु राम्रो कि नराम्रो ? यस्ता छन् यसका असरहरु

आजभोली किशोरावस्थामा प्रवेश गरेका केटीहरु डाइटिङमा रमाउँछन् । किशोरावस्थामा डाइटिङ्को असर नबुझेका केटीहरु डाइटिङलाई जीवनको अभिन्न अंग नै ठान्छन् । तर चिकित्सक भने युवा अवस्थामा डाइटिङ गर्न प्रोत्साहन गर्दैनन् । यो उमेर शरीरको हरेक अंग विकसित हुने अवस्था हो । निश्चित उमेरपछि शारीरिक विकासक्रम रोकिन्छ । विकासक्रम रोकिएपछि कुनै पनि प्रयासमा यसलाई फर्काउन सकिँदैन ।

किशोरावस्थामा शारीरिक वृद्धिका लागि अत्याधिक क्याल्सियमको जरुरत पर्छ । यस अवस्थामा डाइटिङ गर्नाले शरीरलाई आवश्यक क्यालोरी तथा पोषक तत्व शरीरले लिन पाउँदैन, जसले शारीरिक विकासक्रम अवरुद्ध हुन्छ ।

किशोरीमा डाइटिङले महिनावारी गडबड हुने वा रोकिनेजस्ता नकारात्मक असर पुर्‍याउँछ । युवा अवस्थामा जंकफुड धेरै सेवन गर्नु हुँदैन । युवा अवस्थामा वजन कम गर्ने सर्वश्रेष्ठ विधि शारीरिक व्यायाम हो । यस्तो अवस्थामा डाइटिङले वजन कम गर्नु मूर्खता हो । अनावश्यक तौल घटाउन अन्य विधि पनि अपनाउन सकिन्छ ।

तौल कसरी कम गर्ने

खानाको मात्रा होइन जंकफुड वा फास्टफुड कम गर्ने
तरल पदार्थको सेवन बढी गर्ने
हरियो सागसब्जी बढी खाने
ताजा सलाद खाने
नियमित शारीरिक व्यायाम गर्ने

जीवनशैली परिवर्तन गर्ने उपाय

दैनिक मर्निङवाक गर्ने र खेल्ने
लिफ्ट होइन भर्‍याङ चढ्ने
घरायसी सामान्य काम आफैँ गर्ने
जंकफुड नखाने, फास्टफुड कम गर्ने
तनाव नलिने
मनोरञ्जन गर्ने
समय समयमा स्वास्थ्य परीक्षण गर्ने
धूमपान, मद्यपान त्याग्ने
खराब संगत छाड्ने
अरूलाई सम्मान गर्ने
फाइबरयुक्त रेशादार खाना खाने
फलफूल दैनिक खाने
नियमित व्यायाम गर्ने
चिल्लो पदार्थ धेरै नखाने
नुनको मात्रा कम गर्ने
घरेलु उपचारलाई प्राथमिकता दिने
रातो मासु कम खाने
सेकुवा, भुटुवा नखाने
बेड टी नलिने, यसको ठाउँमा मनतातो पानी पिउने
सलाद बढी खाने
पानी धेरै पिउने”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =