ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २१ औँ स्मृति दिवस आज

“
काठमाडौँ, असोज २ । ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको २१ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा लौहा पुरुषका नामले चिनिने नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको २१ औँ स्मृति दिवसका अवसरमा मंगलबार काँग्रेस लगायतका विभिन्न संघ संस्थाले उनको स्मृतिमा कार्यक्रमहरु गरी मनाउँदैछन् ।
सर्वमानन्य नेताका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका सिंहको प्रतिमा रहेको काठमाडौँको शोभा भगवतीमा विशेष कार्यक्रम हुँदैछ ।
२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाएका थिए । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव , २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कूसम्म उनी विपीसँगै थिए ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उहाले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार स्मरण गराएका थिए । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो ।
“








