‘प्रधानाध्यापक’ सनही बाजामा

“
कुश्मा, असोज १ । ‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्ने गर्दछन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून हुने शैक्षिक संस्थामा अध्यापन गराउने कामसमेत गरेका हुन्छन् तर यहाँको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले भने अतिरिक्त श्रममा समेत आफूलाई अब्बल नाइकेका रुपमा प्रस्तुत गरिरहेका छन् ।
जलजला गाउँपालिका वडा नं ९ स्थित बनौँ माध्यमिक विद्यालयका प्रअ पुन सार्वजनिक बिदाको दिन प्रायः कुश्मा बजारमा हुने बिहे लगायत अन्य शुभकार्यमा गाला फुलाई–फुलाई सनही बजाइहेको देखिन्छ । उहाँलाई धेरैले हेड सर अर्थात् चक्रबहादुर पुन भनेर चिन्दछन् । सदरमुकामको व्यस्त बजारबीच सनही फुकिरहँदा उहाँ धेरैको ध्यान आफूतिर खिच्न सफल हुनुहुन्छ । बिहेमा निर्धक्कसँग नौमतीमा रमाइरहका हुन्छन ।उनी र उनका समूहले नौमती बाजा बजाएर धेरैलाई मनोरञ्जन दिँदै आइरहेका छन ।
जिल्लामा मात्र नभएर पछिल्लो समय धौलागिरि क्षेत्रमा समेत ‘मगर बाजा’ भनेर ख्याति कमाउन सफल उहाँको समूहले छिमेकी जिल्लामा समेत नौमती बाजा बजाउने गरेको छ । निश्चित पारिश्रमिक लिएर उक्त समूह विवाह उत्सव तथा शुभकार्यमा बाजा बजाउन हिँड्ने गर्दछन् । विसं २०५९ माघ १ बाट शिक्षण पेशा शुरु गर्नुभएका उहाँले ०५९ चैत १६ बाटै प्रअको भूमिका निर्वाह गर्दै आइरहेका छन । करीब १५ वर्ष प्रअ भएका पुन नौमती बाजा बजाउन लागेको भने जम्मा छ वर्ष भयो
“








