पकिस्तानको पूर्वी पञ्जाबमा रेल दुर्घटना

इस्लामावाद, पाकिस्तान, असोज १ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा २० जना घाइते भएका पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताए ।

रेल दुर्घटना भएको केही समयभित्रै प्रहरी, सुरक्षाकर्मीलगायतका उद्धार समूहहरू घटनास्थल पुगी घाइते सबैजनालाई उपचारका लागि एटकस्थित जिल्ला अस्पतालमा लगिएको थियो। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोले सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार भइरहेको अस्पताल स्रोतबाट जानकारी प्राप्त भएको छ ।

कुशल खान रेल कम्पनीको रेलका आठ डब्बा पञ्जावको एटक जिल्लाको सोहान पुल–माखन्द स्टेशनबीचको क्षेत्रमा लिकबाट बाहिरिँदा दुर्घटना भएको पाकिस्तान रेल सेवाका केन्द्रिय प्रवक्ताले जनाए ।

दुरर्घटना भएको रेल दक्षिणी बन्दरगाह शहर कराँचीबाट उत्तरपश्चिमी शहर पेशावरतर्फ गइरहेको थियो । दुर्घटनापछि उक्त खण्डमा रेल सेवा बन्द भएको छ । घटनाबारे अनुसन्धान गर्न एउटा विज्ञहरू सम्लग्न रहेको छानविन समिति गठन गरी जिम्मेवारी दिइसकिएको प्रवक्ताले जानकारी दिए ।

पाकिस्तानको संसदमा पेश भएको एक रिपोर्ट अनुसार पाकिस्तानमा सन् २०१३ देखि २०१६ को अन्त्यसम्म ठूला तथा साना गरी ३३८ रेल दुर्घटना भएका छन् भने उक्त घटनाहरूमा ११८ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानमा कमजोर रेलमार्ग, पूराना गाडी, गैर–व्यवसायिक कर्मचारी र पूराना संरचनाका कारण दुर्घटना हुने गरेका रिपोर्टमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =