न्याय खोज्दै बालुवाटार पुगे निर्मलाका बाबु–आमा
२०७४ जेठ १५ गते

“काठमाडौँ, असोज १ । निर्मलाका बाबु आमाले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगरे प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायको माग गर्दै उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
उनीहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रतिउत्तरमा निर्मलाको न्याय र दोषीलाई कारबाहीका लागि आफू प्रतिबद्ध रहेको आश्वासन दिँदै प्रधानमन्त्री ओलीले दोषी जो कोही वा जुनसुकै दलसँग सम्बन्धित भए पनि पत्ता लगाउने र नछोड्ने बताए ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा विना मगर, रमेश लेखक, लेखराज भट्ट, दिलेन्द्र बडु, एनपी साउद लगायतका त्यस क्षेत्रका नेताहरुको पनि सहभागिता थियो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








