सुडानमा नेपाली सेनालाई गोलि लाग्यो अवस्था गम्भिर

काठमाडौँ , अशोज १ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली सेनाका जवानमाथि गोली प्रहार भएको छ

श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानमाथि गत भदौ ३० गते गोली प्रहार भएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ ।  स्थानियको समय अनुसार बिहान ८ः३० बजे गोडामा गोली लागि घाइते भएको बताइएका  छन । घाइते सैनिकको नाम भने खुलाइएको छैन ।

दक्षिणी सुडानको येइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको पट्राल फर्कने क्रममा गोली लागेको थियो । उक्त गोली दक्षिण सुडानको पिपल्स लिबरेसन आर्र्मी एसपिएलए ले प्रहार गरेको नेपाली सेनाले जनाएको छ । अहिले घाइते सैनिकलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र हाल उनको अवस्था खतरा मुक्त रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =