बाराको अन्नपूर्ण केमिकल्समा भीषण आगलागी

वीरगञ्ज, असोज १ । बाराको परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरमा रहेको एक साबुन उद्योगमा भीषण आगलागी भएको छ ।

बाराको अमृत वनस्पति घ्घू उद्योग परिसरभित्र रहेको वीरगंजका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको केमिकल साबुन उद्योग अन्नपूर्ण केमिकल्स एण्ड सप प्रालिमा भीषण आगलागी भएको हो ।

बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।

बिहान करिब ७ बजे सुरु आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =