उच्च रक्तचाप भएका ले बढी नुन खाएमा के हुन्छ ।

“
अत्यधिक नुनको प्रयोगले रक्तचाप बढाउछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । घरमा सामान्य नुन हालेर खाना खान मिल्छ । खानामा नुन नथप्ने, न्युन सोडियम भएको नुनको प्रयोग गर्नेजस्ता विधि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हो । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनमा बढी सजकता अपनाउनुपर्छ । नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण हुँदैन ।
पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुरा हुनुपर्छ । साइट्रस फलफूलमा जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलफूलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलफूल नियमित खानुपर्छ । ताजा फलपूmलमा पाइने भिटामिन, मिनरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, रक्तचाप पनि घटाउछ । प्रशस्त हरियो सागसब्जी खानुपर्छ । प्रतिदिन २, ३ पटक हरियो सागसब्जी खानुपर्छ । माछाको प्रयोग फाइदाजनक मानिने भएकाले हप्तामा २ पटक माछा खाँदा राम्रो हुन्छ ।
“








