घुससहित अख्तियारको फन्दामा परेका कोटेश्वर र काँडाघारीका प्रमुख फेरिए

काठमाडौँ, भदौ ३१ । काठमाडौंको कोटेश्वर र काँडाघारी प्रहरी प्रभागको नेतृत्व परिवर्तन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ अपरेशनमा ९ जना प्रहरी अधिकारीहरु घुससहित पक्राउ परेपछि प्रहरी प्रधान कार्यालयले काटेश्वर र काँडाघारी प्रभागका सम्पूर्ण टोली परिवर्तन गरिएको हो ।

अख्तियार अनुन्धान आयोगको टोलीले शनिबार घुससहित कोटेश्वर र काँडाघारीबाट ९ प्रहरीलाई नियन्त्रणमा लिएको थियो । घुससहित पक्राउ परेका टोलीलाई नै परिवर्तन गरेर कोटेश्वर प्रहरी प्रभागको नेतृत्व प्रहरी निरीक्षक एलिजा गिरीलाई दिइएको छ भने काँडाघारी प्रभागको नेतृत्व इन्स्पेक्टर सुधिर राईलाई प्रदान गरिएको छ । यसअघि गिरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत् थिइन् ।

अख्तियारबाट गएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकमसहित कोटेश्वरको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको हो । श्रेष्ठसँगै महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेश पटेल ५ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

यस्तै काँडाघारीबाट ७ जना प्रहरी पक्राउ परेको अख्तियार श्रोतले जनाएको थियो । काँडाघारीबाट एक असई २ हवाल्दार र ४ जना जवान पक्राउ परेका थिए ।

पक्राउ परेका प्रहरीहरुले मनहरा खोलाको बालुवा निकाल्ने सेटिङ मिलाईदिने भन्दै ठेकेदारसँग घुस मागेको अख्तियारले जनाएको छ । पक्राउ परेका प्रहरीको साथबाट अख्तियारले एक लाख रुपैयाँ बरामद गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =