‘मडरर गो ब्याक’’ भन्दै बाबुरामविरुद्ध अमेरिकामा प्रदर्शन

काठमाडौं, भदौ ३१ । अमेरिकामा एक कार्यक्रममा सहभागी हुन गएका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राईविरुद्ध विरोध प्रदर्शन भएको छ ।

भदौ २८ गतेदेखि अमेरिका भ्रमणमा रहेका डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा रहेका नेपाली युवाले ‘नेपालका छोराछोरीलाई मार्ने, मडरर गो ब्याक’ भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् । उनी असोज २२ सम्म उनी अमेरिकामा रहनेछन् ।

तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा. भट्टराईविरुद्ध प्रदर्शन गरिएको बताइएको छ । तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ ।

डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा. भट्टराई र हिसिला यमीको विरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =