अफगानिस्तानको अवस्था थप बिग्रिँदै

एजेन्सी, भदौ ३१ । अफगानिस्तानमा अमेरिका समर्थित सेनाविरुद्ध तालिबान र अरू लडाकु समूहका आक्रमणका खबरहरू प्रायः आइरहन्छन्। त्यहाँ हुने हमलामा ठूलो सङ्ख्यामा मानिसहरू मारिने गरेका खबर पनि दिनहुँजसो आउँछन्।

त्यहाँ गतिरोध जारी छ र युद्ध सकिने कुनै सङ्केत देखिँदैन। सन् २००१ मा अमेरिकाले अफगानिस्तानमाथि हमला गर्दा त्यहाँको स्थिति अहिलेको जति खराब थिएन। १७ वर्षअघि तालिबानलाई च्युत गरिएको थियो।

तर अहिले आएर अझ बढी प्रान्तहरूमाथि उनीहरूको नियन्त्रण छ।अमेरिकी इतिहासलाई हेर्दा अफगानिस्तान युद्ध उसको लागि सबैभन्दा लामो युद्ध हो। समयसँगै सङ्घर्ष चर्किएको मात्रै छैन, बरू जटिल पनि हुँदै गएको छ।

आक्रमण लगातार हुने गरेका छन्, त्यो पनि ठूलो स्तरमा र त्यसमा थुप्रै मानिसले ज्यान गुमाइरहेका छन्।तालिबान लडाकु र अमेरिका तथा उत्तर एट्लान्टिक सन्धि संगठन-नेटो समर्थित अफगान सरकार दुवै पक्षले प्रदेशहरूमाथिको आफ्नो पकड जमाउने प्रयत्न गर्दै आएका छन्।

काबुलदेखि दक्षिणमा पर्ने रणनीतिक महत्त्वको गजनी प्रान्तको राजधानीमा गत अगस्ट १० मा तालिबान लडाकुहरूले धावा बोलेका थिए।अफगान सुरक्षा बल र हवाई हमलासँगै लडाकुहरू पछि हट्न बाध्य भए।

मे १५ मा तालिबान लडाकुहरू इरानसँगको सीमा नजिकै पर्ने पश्चिमी फराह प्रान्तको राजधानी प्रवेश गरे।सरकारी फौजको आक्रमणबाट पछाडि हट्न लडाकुहरू बाध्य भइरहँदा कैयौँ मानिस मारिए र घाइते भए। अरू शहर र जिल्लाका केन्द्रहरू पनि तालिबान लडाकुको हमलाको खतरामा रहिआएका छन्। हेलमन्द र कान्दहार प्रान्तको ठूलो हिस्सामाथि तालिबानको नियन्त्रण छ।

ती क्षेत्रमा अमेरिकी, ब्रिटिश र अरू देशका सेना मारिएका दृष्टान्त पनि छन्। त्यहाँ सर्वसाधारण मारिएको आँकडा पनि सानो छैन।संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा १० हजारभन्दा बढी मानिसहरू मारिए र सन् २०१८ मा त्यो सङ्ख्या अझ बढ्नसक्छ।-बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =