निर्मला हत्या प्रकरणः डीएसपीसहित ४ प्रहरी पनि निलम्बनमा (विज्ञप्ति सहित)

भाद्र ३०, काठमाडाैं । निर्मला पन्त बलात्कार हत्या प्रकरणमा डीएसपीसहित चार प्रहरी निलम्बनमा परेका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित चार प्रहरी निलम्बनमा परेका हुन् ।

उनीहरूलार्इ अाज शनिबार घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेकाे छ ।

गृह मन्त्रालयले प्रतिवेदनका आधारमा डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको जनाएको छ ।

कञ्चनपुरका एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परेका छन् ।

हेर्नुहाेस विज्ञप्ति

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =