Struggle 4 जसले युवाहरुलाई उर्जा प्रदान गर्नेछ

“
भाद्र ३१, काठमाडौं । किशोर किशोरीलाई उत्प्रेरणात्मक भाषण दिएर चर्चामा आएका युवा रोहित मल्लले Struggle कार्यक्रम चलाउन थालेको लगभग तीन चार वर्ष भयो । जिवनमा आफुले देखेका भोगेका तिता मिठा कुरालाई नयाँ पुस्तामा बाँडेर उनीहरुलाई सकारात्मक बाटोमा अघि बढाउन उर्जा प्रदान गर्ने रोहित मल्लले आउँदो सेप्टेम्बर २० मा राजधानीमा पुनः Struggle कार्यक्रम आयोजना गर्दैछन् ।
कलेज पढ्ने विद्यार्थीलाई लक्षित गर्दै आयोजना गर्न लागिएको Struggle 4 मा यस पटक विगतको भन्दा फरक हुनेछ । मोटिभेसनल स्पीकर रोहितले Struggle 4 लाई भब्य र फरक आफ्ना क्षेत्रमा स्थापित भएका तथा देश र समाजका लागि योगदान दिएका हस्तीहरुलाई समेत बोलाएका छन् ।
असोज ४ गते राष्ट्रिय नाचघरमा हुन गइरहेको Struggle 4 मा हास्य क्षेत्रमा राष्ट्रिय देखि अन्तराष्ट्रिय तहसम्म पुग्न सफल कलाकार मनोज गजुरेल देखि पप गायक विपुल क्षेत्री सम्म आउने छन् । हास्य कलाकार मनोज गजुरेलले कला क्षेत्रमा गरेको संघर्षबाट नयाँ पुस्ताले धेरै ज्ञान लिन सक्छन् ।
गायक विपुल क्षेत्री पनि गायन क्षेत्रमा धेरै दुखः गरेर आएका युवा हुन् । उनको सांगितिक यात्रा तथा Struggle बाट विद्यार्थीले धेरै सिक्न सक्छन् । कार्यक्रममा यी वाहेक समाजमा राम्रो काम गरे, शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकाहरुको समेत उपस्थिति रहनेछ ।
क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी प्रस्तुतकर्ता रहेको Struggle 4 मा सहभागी युवायुवतिलाई जिवनमा आइपरेका साना ठूला दुखः कष्टमा कसरी अगाडी बढ्न सकिन्छ भनेर उत्प्रेरणा दिन कार्यक्रमको आयोजना गरिएको हो । ‘वर्तमान पुस्ताहरु सघर्ष गर्न डराउँछन्, सानातिना दुखः कष्ट र हण्डरमा आत्तिने, भाग्ने गर्दछन्, तिनीहरुलाई सहि मार्गदर्शन गराउन Struggle 4 आयोजना गरिएको हो ।’ मोटिभेसनल स्पीकर रोहित मल्ल भन्छन् ।
यस अघि तीन ओटा Struggle कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिसकेका रोहितले देशका विभिन्न भागमा पनि युवायुवतिहरुलाई मोटिभेसन गरिसकेका छन् । ‘सानै देखि दुखः कष्टको सामना गरेर होला म आफुजस्तै अहिलेका युवाहरुलाई पनि Struggle गर्न सिकाउन सक्छुकी भनेर लागेको छु ।’ उनले भने ।
रोहितका भाषणहरुमा कुनै बनावटी कुरा हुँदैनन् । उनी वास्तविक धरातलमा गएर दर्शकलाई मन्त्रमुग्ध गराउन सक्छन् । उनले बोलेका भाषण सुनेर धेरै युवायुवतिहरु गलत बाटोबाट सहि बाटोमा लागेका छन् भने, धेरै किशोरकिशोरीले जिवनको लक्ष्य भेटेका छन् । ‘मलाई सपना बाँड्न आउँदैन तर, सपनालाई कसरी विपनामा परिणत गर्ने बाटो देखाउन सक्छु, सपना पुरा गर्ने की नगर्ने ब्यक्तिको मेहनत, इच्छा शक्तिमा भरपर्ने कुरा हो ।’ रोहीतको तर्क छ ।
उनी कुनैपनि क्षेत्रमा सफलता हात पार्न संघर्ष गर्न सक्नुपर्ने दावि गर्छन् । ‘दुई गाँस खाएर एक सरो लाएर बाँच्न कठिन नभएपनि समाज र राष्ट्रका लागि केहि दिएर मरेपछि पनि बाँच्नका लागि नयाँ काम गर्नुपर्छ, त्यसका लागि चुनौति र समस्यासँग जुध्ने आँट, साहस चाहिन्छ जुन Struggle 4 मा पाइन्छ ।’
क्याम्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाले युवा स्पीकर रोहीत मल्लको प्रसंसा गर्दै नयाँ पुस्तालाई संघर्ष गर्न रोहीतले चालेको कदम अत्यन्त राम्रो रहेको बताए ।
गएको वर्षदेखि Struggle लाई स्पोन्सर गर्दै आएका सिंखडाले कार्यक्रमले युवाहरुमा नयाँ जोश र जाँगर दिने तथा जिवनमा आइपरेका जस्तो सुकै समस्यासँग जुध्न प्रेरित गर्ने बताए । ‘म यो कार्यक्रममा दुई वर्षयता जोडिएको छु, रोहीतको टीमले विद्यार्थी र युवा पुस्तालाई दिने मोटिभेसन अत्यन्त लाभदायक र जिवनोपयोगी छ ।’ उनले भने ।
कार्यक्रम मिस नेपाल इन्टरनेशनल २०१६ की वर्षा लेखीले सञ्चालन गर्नेछिन् । Struggle 4 को शैक्षिक पार्टनरमा प्रेसिडेन्सियल कलेज रहेको छ भने, सिल्भर स्पोन्सरमा टिसाला, लक्ष्मी होम लोन, अष्ट्रेलिया, आइटी पार्टनर मेगा वेब लिंक, इडियू पार्टनरमा अष्ट्रेलियाको क्विन्सफोर्ड कलेज, भाइव कलेज लगायत रहेका छन् ।
“








