नहरमा फालिएको अवस्थामा एक महिलाको शव फेला

महेन्द्रनगर, भदौ ३० । भीमदत्त नगरपालिका २ महुलिया स्थित नहरमा एक महिलाको शव भेला परेको छ शनिबार बिहान भाँसी महुलीया नहरमा तैरीरहेको अवस्थामा महिलाको शब देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

उनी भाँसी चोक नजिकै कोठा भाडामा बस्दै आएकी थिइन । शरीरमा कुनै घाउ, चोट पटक नरहेको तर नहरको पानीमा डुबेर तैरिरहेको अवस्थामा फेला परेकी थिइन । दैलेखको घुर्ती घर भई हाल महेन्द्रनगर बजार बाट २ किलोमीटर टाढा भाँसी चोकमा तरकारी बेचेर गुजारा गर्दै गरेकी ५५ बर्षीय आइती सार्की आफ्नी छोरी र आफन्तसँगै बसेर तरकारी ब्यवसाय गर्दै आएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =