नेइमार र एमबाप्पेबिनै पिएसजीको शानदार जित

“एजेन्सी, भदौ ३० । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट–जर्मेन, पिएसजीले लगातार जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा सेन्ट–इटियनमाथि ४–० को शानदार जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन ड्रेक्सलर, एडिन्सन काभानी, एन्जल डी मारिया र डिएबीले गोल गरेर ।

अघिल्लो खेलमा रातो कार्ड पाएका कारण केलियन एमबाप्पे यो खेलमा मैदानमा थिएनन् भने स्टार स्ट्राइकर नेइमारलाई पिएसजीले आराम दिएको थियो ।

यो खेल च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलसँगको खेलको तयारीका रुपमा पनि हेरिएको छ । लिभरपुलको मैदान एनफिल्डमा मंगलबार राति पिएसजीले च्याम्पियन्स लिगमा खेल्दैछ । अर्को खेलमा निसले रेनेसलाई २–१ ले हरायो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 13 =