प्राइम कमर्सियल बैंक लिमिटेडको शाखा जनकपुरमा

भाद्र २९, जनकपुर । प्राइम कमर्सियल बैंक लिमिटेडले जनकपुरमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक श्रेष्ठले बैंकले स्थानीय जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नेमा आफु विस्वस्त रहेको बताए ।
बैंकले आगामी दिनहरुमा देशका विभिन्न क्षेत्रमा शाखा संजाल बिस्तार गर्दै लग्ने र ग्रामिण क्षेत्रलाई पनि प्राथमिकतामा राख्ने बताएको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको कम्पनीका सचिब सन्तोष बरालले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =