गृहमन्त्रीले दिएको जवाफ पटक्कै चित्त बुझेनः सांसद मिना सुब्बा

भाद्र २९, काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मिना सुब्बाले निर्मला पन्त बलात्कार अनि हत्याकाण्डमा सरकारले अपराधीलाई नै संरक्षण गरिरहेको बताएकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद सुब्बाले मानसिक सन्तुलन विग्रेको ब्यक्तिलाई प्रहरीले जवरजस्ती अपराध कवूल गर्न लगाएर अपराधीलाई उन्मुक्ति दिएको भन्दै आक्रोस प्रकट गरिन् । भने, अपराधकाे प्रमाण लुकाउन प्रहरी लागेकाे समेत बतार्इन् ।

निर्मला हत्या काण्डकै विषयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’ले संसदलाई जवाफ दिने क्रममा चित्तबुझ्दो जवाफ नदिएपछि सांसद सुब्बाले अपराधीलाई ठूला शक्तिले संरक्षण गरेको समेत जिकिर गरिन् ।

‘गृहमन्त्री ज्यूले दिएको जवाफ हामी महिलाहरुलाई पटक्कै चित्त बुझेको छैन, एसपी डिल्लीराज विष्ट रक्षक नै भक्षक भएका छन्, उनले मानसिक सन्तुलन गुमाएको निर्दोष ब्यक्तिलाई अपराध कबुल गर्न परिवारलाई नै ज्यानै मार्ने धम्की दिएको कुराले नै यो कुराको पुष्टि हुन्छ ।’ उनले भनिन् ।

अाफ्नै अगाडी अपराधी भएपनि सरकारले कानुनी कठघरामा उभ्याउन नसकेकाे समेत जिकिर गरिन् । सुब्बाले तत्काल घटनाको सत्यतथ्य सार्वजनिक गरेर दोषिलाई कानुनको कठघरामा उभ्याएर निर्दोष परिवारलाई न्याय दिलाउन सरकार समक्ष माग गरिन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =