पसल भएकै घरमा व्यापारीको हत्या

कैलाली, भदौ २९ । कैलालीमा एक किराना पसलका व्यापारीको घरभित्रै रहस्यमय हत्या भएको छ । कैलाली जोशीपुरको टिकापुर रोडमा रहेको ओझा किराना पसलका सञ्चालक ३५ वर्षीय रामप्रसाद ओझाको पसल भएकै घरमा हत्या भएको हो ।

१० वर्षदेखि किराना व्यवसाय गर्दै आएका ओझाको घाँटीमा निल डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

ओझाले भारु सटहीको समेत काम गर्दै आएको स्थानीएको भनाइ छ । ओझाकी पत्नी भने दुई छोरा पढाउन टीकापुरमा डेरा गरेर बस्दै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =