लगानीकर्तालाई प्रधानमन्त्रीले भने– लगानी सुरक्षित हुँदैन कि भन्ने सोच्नुपर्दैन

“
काठमाडौँ, भदौ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासले मात्रै जनता खुशी नहुने बताएका छन् । काठमाडौंमा भएको आर्थिक विकास सम्बन्धी एक बहस कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकासले मात्र जनता खुशी नहुने भन्दै खुशी हुनका लागि स्वतन्त्रता र सुरक्षा आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नागरिक क्रियटिभ र खुसी हुँदाविकासको गति अझै चुलिने बताउँदै क्रियटिभ र खुसी समाज चाहेको र सोही गतिमा विकासका कार्यहरु अगाडि बढेको बताए ।
भारतले आर्थिक विकासका लागि गरेको प्रयास र तत्कालीन समस्याहरुका बारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न खोजेको बताए । उनले रक्सोल काठमाडौं रेलबारे प्रोटोकलमा केही दिनमा भारतसँग सहमति हुने समेत बताए ।
कार्यक्रममा उनले औद्योगिक क्षेत्रमा बिना हिचकिचावट लगानी गर्नका लागि समेत उनले आव्हान गरेका छन् । लगानीका लागि एकद्धार प्रणालीबाटै आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘वान डोर सिस्टमबाट नै लगानि गर्नुपर्ने हुन्छ’, लगानी सुरक्षित हुँदैन कि भन्ने सोच्नुपर्दैन ।’
प्रधानमन्त्री ओलीले भारत र चीन दुबैदेशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चहना पूरा गर्न खोजेको बताएका छन् । उनले रक्सोल काठमाडौं रेलबारे प्रोटोकलमा केही दिनमा सहमति हुनेसमेत बताएका छन् ।
“








