भारतीय खसीबाेका सशष्त्रकाे नियन्त्रणमा

भाद्र २९,सुनसरी । भारतबाट चाेरी तस्करी गरेर नेपाल ल्यार्इएका खसीबाेका प्रहरीले नियन्त्रणमा लिएकाे छ । सुनसरीको नेपाल भारत सिमानाकाबाट भन्सार छली गरि चारी तस्करी गरेर नेपाल तर्फ ल्याएको खसीबोका सशस्त्र प्रहरी वलले नियन्त्रणमा लिएको हाे ।

वोर्डर आउट पोष्ट घुस्कीबाट बुधवार राती गस्तीमा गएको सशस्त्र प्रहरीको टोलीले सिमानाकाबाट भन्सार छली गरि ल्याउदै गरेको ६० हजार मुल्यको खसीबोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरिक्षक दिलकुमार पन्तले बताए ।

बरामद गरिएको खसीबोका कानुनी कारवाहीका लागी सेतुबन्धु भन्सार कार्यालय कोशी व्यारेजमा बुझाइएकाे छ ।
सिमानाकाबाट हुने चोरी तस्करीका खसीबोका नियन्त्रणमा लिँदा घुस्कीमा एक महिना अगाडी स्थानियहरु सशस्त्र प्रहरी माथी आक्रमण गरेका थिए । सो घटना पछि सशस्त्र प्रहरी वलले यस क्षेत्रको नाकामा उच्च निगरानी बढाउदै चोरी तस्करी नियन्त्रणमा कडाई गरि सिमा वारपार हुने अपराध नियन्त्रणमा सक्रियता बढाएको स्थानिय जनप्रतिनिधिहरुले जनाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =