सडक दुर्घटनामा परि मलेसियामा एक नेपालीको मृत्यु
२०७४ जेठ १५ गते

“
बैतडी, भदौ २९ । सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् ।
कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए ।
बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा) कम्पनीमा कार्यरत थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








