डलरको मूूल्य स्थिर, अरु देशको मूूल्य हेर्नुहोस्

“काठमाडौं, भदौ २९ । आज शुक्रबार एक अमेरीकी डलरको बिक्रिदर ११५ रुपैयाँ ८० पैसा छ ।नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने  ११५ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ६५ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ २८ पैसा छ भने बिक्रीदर १ सय ५१ रुपैयाँ ६ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २७ र बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ३८ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ०७ रुपैयाँ १३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =