मध्यरातमा चोरीएको शिशु सात घण्टापछि धान खेतमा फेला

कञ्चनपुर, भदौ २९ । कञ्चनपुर पुनर्वास नगरपालिका–५ का बेलुदेवी बिष्टकी नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ ।

सोहि नगरपालिका–८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंगै राति सुतेकी सरस्वतीलाई अज्ञात ब्यक्तिले मध्यराति १ बजेको समयमा चोरेर लगेका हुन् ।

शिशु चोरी भएको खबर पाउनासाथ स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्दा माईती घरभन्दा डेढ किलोमिटर टाढा धान खेतमा रुँदै गरेको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

नगरपालिकाका नगर प्रमुख जीवन थापासहितको उपस्थितिमा शिशुलाई उनका आफन्तकोमा जिम्मा लगाइएको उनले बताए ।

शिशुको शरीरमा स–साना फोका देखा परेपछि उपचारका लागि उनलाई सेती अञ्चल अस्पतालमा पठाइएको र त्यहाँबाट शिशुलाई बाल कान्ती अस्पताल काठमाडौँमा लग्ने कुरा बुझिएको प्रहरी उपरीक्षक कडायतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =