पहिरोमा परी सुडानको युद्धग्रस्त क्षेत्रमा बीसको मृत्यु

खार्तुम, २८ भदौ । सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएका छन् ।

गत सेप्टेम्बर ७ मा डार्फरको जेबेल मार्रा क्षेत्रको पहाडी इलाकामा ठुल्ठूला ढुङ्गासहितको पहिरो झरेका कारण घरहरु पुरिएका र अरु कैयौं व्यक्ति पुरिएको आशङ्का गरिएको छ । डार्फरको जेबेल मर्रा क्षेत्र विद्रोही समूह ‘सुडान लिबरेसन आर्मी–अब्दुल वाहिद (एसएलए–एडब्लू)’ को नियन्त्रणमा रहेको र सोही कारण त्यहाँबाट स्वतन्त्र रुपमा सूचना संकलन गर्न कठिन भएको अधिकारीहरुले बताए ।

शुरा परिषद्का महासचिव अमिन महमुद ओस्मानले खुला आकाशमुनि बस्न बाध्य मानिसहरुका लागि आश्रयस्थल उपलब्ध गराउन र हराइरहेका मानिसको खोजी गर्न राष्ट्रसङ्घ, गैर सरकारी संस्था एवं सुडान सरकार सँग अनुरोध गरे ।

सीमान्तकृत समुदायलाई बेवास्ता गरिएको आरोपमा सन् २००३ बाट डार्फरमा सुडान सरकारको विरोधमा विद्रोह सुरु भएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानमा जारी पछिल्लो द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको र द्वन्द्वमा परी २५ लाखभन्दा बढी व्यक्ति विस्थापित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *