राष्ट्रपतिलाई निर्मलाकी आमाको प्रश्नः ‘आफ्नै छोरी भए के गर्नुहुन्थ्यो ?’

काठमाडौँ, भदौ २८ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रश्न गरेकी छिन् ।

बिहिबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी निर्मलाकी आमाले राष्ट्रपतिलाई आफ्नै छोरी भएकी भए के गर्नु हुन्थ्यो भन्ने प्रश्न गरेकी हुन् । उनले भनिन्, ‘महिला राष्ट्रपति भएको देशमा बलात्कारीलाई किन कारबाही हुँदैन ?’

जिल्लामा न्याय पाउन नसकेपछि आफूहरु काठमाडौँ आएको बताउँदै पन्तकी आमाले जिल्लामा गएकाहरुले अपराधी समात्छौँ भन्ने झुटो आश्वासन मात्रै दिने गरेको गुनासो पोखिन्

आफूले सरकारसँग न्याय बाहेका अरु केही नमागेको भन्दै न्याय नपाउन नसक्ने भए आफूलाई पनि गोली ठोक्न आग्रह गरिन् ।

‘एक छोरीको हत्या भयो, दुईवटा छोरीलाई एक्लै घरमा छोडेर न्याय माग्न काठमाडौँ आएकी छु, बिन्ती छ हत्यारालाई सार्वजनिक गरिदिनुहोस् ।’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =