नेकपामा सांगठिनक एकीकरणबारे नितगत बिचार विमर्श

काठमाडौं,  भदाै २८ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० को सचिवालय बैठकमा सांगठानिक एकीकरण सम्बन्धि कार्यलाई अघि बढाउने नितिगत विषयमा बिचार विमर्श भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको मापदण्डका विषयमा औंपचारिक छलफल सुरु गरिएको हो ।महासचिव विष्णु पौडेलले पेश गर्नुभएको सांगठनिक एकीकरणसम्बन्धि मापदण्डका विषयमा औंपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुंगो लगाउने दिशा तर्फ अगाडि बढेको छ ।

बैठकमा महासचिव पौडेलले पार्टी एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री  केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएका थिए ।

पार्टीको सांगठनिक एकीकरणको काममा सहमति जुटाउन भोली बिहिबार अपरान्ह ३ बजे पुनः सचिवालय बैठक बोलाइएको छ । सोही बैठकमा पार्टीको प्रदेश कमिटीसहितको सांगठनिक एकीकरणको बारेमा टुंगो लगाउने तयारी सचिवालयको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *