गाडी व्यवसायीको कुम्भ मेला ‘नाडा अटो शो’ सुरु

काठमाडौँ, भदौ २६ । काठमाडौंमा गाडी व्यवसायीको कुम्भ मेला ‘नाडा अटो शो’ सुरु भएको छ । हरेक वर्ष हुँदै आएको अटो मेलाको मंगलबार भृकुटीमण्डपमा अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे ।

६ दिनसम्म चल्ने ‘नाडा अटो शो’को तेह्रौं संस्करणमा विभिन्न कम्पनीहरुका नयाँ–नयाँ गाडि भित्रिएका छन् ।

यस पटक विद्युतीय सवारी साधान विशेष आकर्षणमा पर्ने नाडाले जनाएको छ । मेलामा ७१ वटा कम्पनीहरु सहभागी रहेका छन् ।

१९ वटा ब्राण्डका ४ पाँग्रे र २० वटा ब्राण्डका दुई पाँग्रे गाडी प्रदर्शनिमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =