निन्द्रा नलाग्नुका यस्ता छन् ६ कारण
“
दिन पछि रात हुन्छ । अनी रात पछि दिन । अाम मानिस दिनमा काम गर्छन् अनी रातमा अाराम । अाराम गर्नु भनेकाे हाम्राे शरीरलार्इ सन्तुलित बनाउनु पनि हाे । जब हामी दिनभर काम गर्छाैं, हाम्राे शरीर लखतरान बनेर थाक्दछ । र, थाकेकाे शरीरलार्इ पुनः चार्जमा ल्याउन अथवा हामीले खाएकाे अन्नबाट शरीरमा चाहिने पाैष्टिक तत्व प्राप्त गर्न पनि हामी अाराम गर्ने गर्दछाैं । र साेहि अारामकाे एउटा माध्यम हाे निन्द्रा ।
तपार्इ दुर्इ दिनसम्म के एक रात पनि नसुति काट्नुहुन्छ भने तपार्इकाे शरीर प्रभावित हुन्छ । अाज हामी त्यहि निन्द्राका कुरा गर्दछाैं । तपार्इलार्इ राती निन्द्रा लाग्दैन भने तपार्इलार्इ शारीरिक तथा मानसिक तनाब हुन सक्छ । अथवा तपार्इ कुनै तलमा पाे हुनुहुन्छ की ?
यी कुरामा ध्यान दिनुहाेस तपार्इ राती मज्जाले सुत्न सक्नुहुन्छ ।
– चुरोट पिउनेः निकोटिनले निन्द्रामा ठूलो प्रभाव पार्छ । निकोटिन लिइएको कति घण्टासम्म फेरि निद्रा नआउने समस्या छ । चुरोट पिउन नै राम्रो होइन, त्यसैमाथि मध्यरातमा चुरोट पिउनु त झन् धेरै हानिकारक हुन्छ ।
– कफी सेवनः चिया वा कफी मध्यरात पिउने पनि गरिन्छ । यो पनि स्वास्थ्यका लागि उपयुक्त ठानिदैन । कफीले केही घन्टाका लागि निन्द्रा भगाइदिने भएकाले पनि यो बानी सही होइन ।
– खानेकुरा खानेः कहिलेकाहिँ राति उठ्दा भोक लागेको महुसस भएर केही खानेकुरा खाने पनि गरिन्छ । तर, यो पनि स्वास्थ्यका लागि राम्रो होइन । किनकि यसले मोटोपन बढाउन सक्छ ।
– टिभी हेर्नुः निन्द्रा लागेन भने एकछिन टिभी हेरौंन भन्ने धेरैलाई लाग्छ । तर, टिभीले निन्द्रा झन् खराब गरिदिन्छ । एक त त्यसपछि आउने सपनामा समेत त्यही टिभीमा देखिने कुराहरु आउँदा ज्यान थकित महसुस हुन्छ । यसले दिमागको थकाई मेट्न दिँदैन ।
– कामकाबारे सोच्नुः धेरैले उठिसकेपछि कामका बारे सोच्ने वा गर्न थाल्ने गर्छन् । यो त झन् ठूलो खराब बानी हो । किनभने राति कामबाट आराम पाइएन भने दिउँसो समेत काम गर्ने मुड नचल्न सक्छ ।
– रक्सी पिउनेः निन्द्रा लागेन वा गहिरो निन्द्राका लागि भनेर धेरैले रक्सी पिउने गरेका हुन्छन् । यदि मध्ये राति मदिरा पिइयो भने बिहानसम्म त्यसको खराब असर हुन्छ । त्यो दिनभर यसैको ह्याङओभरमा बित्छ ।
“