संसदमा सांसदकै गुनासोः ‘म मधेसी चेली भएकाले हेपिएकी छु’

काठमाडौँ, भदौ २६ । संघीय समाजवादी फोरमकी सांसद प्रमिलाकुमारीले राष्ट्रियसभाका कतिपय सांसद र नेताहरुले नियम मिचेर सेवा सुविधा लिएको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रियसभाका कतिपय सांसद र नेताहरुले नियम मिचेर मन्त्रिपरिषदबाट पारित गराएर सेवा सुविधा लिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

बैठकमा उनले आफु मधेसी भएका कारण हेपिएको गुनासो पोखिन् । ‘जुन कुरा नियमले मिल्दैन, त्यही कुरा क्याविनेटबाट डिसिजन गराएर राष्ट्रिय सभाका माननीय र नेताले सुविधा पाएका छन्‘ उनले भनिन्, ‘म मधेसी चेली भएकाले  हेपिएकी छु ।’

उनले आफू संघीय समाजवादी फोरम नेपालको राष्ट्रियसभाको नेता भएतापनि कुनै सेवा सुविधा नपाएको जिकिर गरिन् । के म मधेसी महिला भएको कारणले हो ? उनले प्रश्न गरिन् ।

मंगलबार राष्ट्रियसभामा धारणा राख्दै उनले मधेसी महिला भएको कारण आफूले राष्ट्रियसभामा कुनै सुविधा नपाएको बताइन् ।

हरेक कुरामा मधेसीलाई हेप्ने गरिएको भन्दै सांसद प्रमिलाकुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने प्रतिवद्धता गरेर पनि संशोधन नगरेर मधेसीलाई अपमान गरेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =